Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सरकार परिवर्तनको विषय हल्ला मात्र हो : गृहमन्त्री लेखक

सरकार परिवर्तनको विषय हल्ला मात्र हो : गृहमन्त्री लेखक

  • मंगलवार, मंसिर २५ २०८१

  • 628
    SHARES

  • सरकार परिवर्तनको विषय हल्ला मात्र हो : गृहमन्त्री लेखक

    काठमाडौं। सरकारले अबको मुख्य एजेण्डा भ्रष्टाचारमुक्त र सुशासनसहितको राष्ट्र निर्माण रहेको दाबी गरेको छ। गृहमन्त्री रमेश लेखकले वर्तमान गठवन्धन सरकारको मुख्य एजेण्डा भनेको भ्रष्टाचारमुक्त र सुशासनसहितको राष्ट्र निर्माण रहेको बताउनुभएको छ।

    आज सुर्खेतको वीरेन्द्रनगरमा नेपाल प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो। संविधानको रक्षा,सङ्घीय लोकातान्त्रिक गणतन्त्रको सबलीकरण गरी देशमा राजनीतिक स्थायित्वका लागि एमाले–कांग्रेस गठवन्धन बनेको गृहमन्त्री लेखकले बताउनुभयो। सरकार र मन्त्रि परिवर्तनको विषय हल्ला मात्रै भएको उहाँको भनाइ छ।

    यस्तै, गृहमन्त्री लेखकले लुम्बिनी प्रदेशमा रहेका कर्णालीका महत्त्वपूर्ण प्रहरी संरचनाहरु यथासिघ्र सार्न लागिएको बताउनुभयो। जग्गा प्राप्ति लगायतका विषय टुङ्गो लागि सकेकाले कर्णाली बाहिर रहेका महत्त्वपूर्ण प्रहरी कार्यालयहरु कर्णालीमा सार्ने तयारी रहेको मन्त्री लेखकले बताउनुभयो।

    कर्णालीमा शान्ति सुरक्षाका विषयमा चुनौती नभए पनि परम्परागत हिंसा भने चुनौतीका रुपमा रेहेको उहाँले बताउनुभयो। लागूऔषध, आत्महत्या र घरेलु हिंसा कर्णालीमा चुनौतीका रुपमा देखा परेको उल्लेख गर्दै यसको निरुपणमा सरकारले नयाँ ढङ्गले सुरक्षा योजना तयार पार्ने मन्त्री लेखकको दावी थियो ।


    मंगलवार, मंसिर २५ २०८१०४:२२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij