Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्‍यो : प्रचण्ड

रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्‍यो : प्रचण्ड

  • सोमवार, मंसिर २४ २०८१

  • 546
    SHARES

  • रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्‍यो : प्रचण्ड
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सरकारले निरंकुश र अलोकतान्त्रिक व्यवहार गरेको बताउनुभएको छ।
     
    उहाँले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै लामिछानेमाथि सरकारले निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै त्यसको निन्दा गर्नुभएको छ।
     
    रवि लामिछानेमाथि भइरहेको त्यस प्रकारको व्यवहार रोक्न प्रचण्डले गम्भीर आग्रह समेत गर्नुभएको छ। अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित लामिछानेमाथि सरकारले अलोकतान्त्रिक व्यवहार गरेको उहाँको टिप्पणी छ । 
     
    ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु’, प्रचण्डले लेख्नुभएको छ । 
     
     


    सोमवार, मंसिर २४ २०८१०४:०८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij