Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सहकारी प्रकरण: छविलाई पर्सा लगियो, रविलाई पनि आजै लैजाने तयारी

सहकारी प्रकरण: छविलाई पर्सा लगियो, रविलाई पनि आजै लैजाने तयारी

  • सोमवार, मंसिर २४ २०८१

  • 489
    SHARES

  • सहकारी प्रकरण: छविलाई पर्सा लगियो, रविलाई पनि आजै लैजाने तयारी

    काठमाडौं। सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका छविलाल जोशी र रामबहादुर खनाललाई पर्सा लगिएको छ।

    पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ पूर्जी जारी भएकाले उनीहरूलाई गएराती पोखराबाट सडकमार्ग हुँदै गाडीमा लगिएकोमा आज बिहान पर्सा पु¥याइएको हो ।

    प्रहरीका अनुसार उनीहरूलाई आज जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिएपछि पुनः पोखरा फर्काइने छ।

    जोशी र खनाललाई पर्सा पुराएलगत्तै सोही प्रकरणमा अनुसन्धान गर्न रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि पोखराबाट आजै पर्सा लैजाने तयारी छ।

    लामिछानेलाई भने पोखराबाट काठमाडौं र काठमाडौंबाट सिमरा हवाइ मार्गबाट लगिने प्रहरी स्रोतले जनाएको छ।


    सोमवार, मंसिर २४ २०८१११:१३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij