Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

  • सोमवार, मंसिर २४ २०८१

  • 473
    SHARES

  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

    काठमाडौं। सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

    पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बोलाइएको बैठक केहीबेर अघी सुरु भएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ ।

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताबारे छलफल हुने बताइएको छ ।

    त्यस्तै आजको बैठकमा हालै सम्पन्न स्थानीय तहको उपचुनावको समीक्षा हुने पनि बताइएको छ । बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल हुनेछ ।

     


    सोमवार, मंसिर २४ २०८१०९:४१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij