Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सहकारी ठगी प्रकरण : रवि लामिछानेमाथि अनुसन्धान गर्न ४ दिन म्याद थप

सहकारी ठगी प्रकरण : रवि लामिछानेमाथि अनुसन्धान गर्न ४ दिन म्याद थप

  • आइतवार, मंसिर २३ २०८१

  • 419
    SHARES

  • सहकारी ठगी प्रकरण : रवि लामिछानेमाथि अनुसन्धान गर्न ४ दिन म्याद थप
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा अनुसन्धान गर्न थप ४ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
     
    यसअघिको म्याद सकिएपछि प्रहरीले आइतबार बिहान लामिछानेलाई अदालत पेस गरेको थियो ।  सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान नसकिएकाले उनीमाथि म्याद थप भएको हो।
     
    सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमै रहेका बेला लामिछानेलाई  बुटवल,काठमाडौं र चितवनमा बयानका लागि लगिएको थियो।  सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ।
     
    गोरखा मिडिया नेटवर्कमा देशभरिका ९ वटा सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो। लामिछानेविरुद्ध किर्तेसहित संगठित अपराधमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। 


    आइतवार, मंसिर २३ २०८१०३:१३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij