Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेमाथि अमानवीय व्यवहार भइरहेको भन्दै रास्वपाले दियो मानवअधिकार आयोगमा उजुरी

रवि लामिछानेमाथि अमानवीय व्यवहार भइरहेको भन्दै रास्वपाले दियो मानवअधिकार आयोगमा उजुरी

  • आइतवार, मंसिर २३ २०८१

  • 639
    SHARES

  • रवि लामिछानेमाथि अमानवीय व्यवहार भइरहेको भन्दै रास्वपाले दियो मानवअधिकार आयोगमा उजुरी
    काठमाडौं । सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको तथा मानवअधिकारसमेत हनन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ। रास्वपा कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले आयोगमा निवेदन दिनुभएको हो। 
     
    निवेदनमा लामिछानेका मौलिक अधिकार सुनिश्चित गरिनुपर्ने, उनीविरुद्ध भएका मानवअधिकार हननका घटनाहरूको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिन गर्नुपर्ने र घटनाका दोषीमाथि कानुन बमोजिम कारबाही गर्नुपर्ने माग राखिएको छ।
     
    ‘प्रहरी अनुसन्धानका लागि भनी लगिएको उहाँलाई विभिन्न किसिमले मानसिक यातना दिनुका साथै मानवअधिकार समेत हनन हुने गरी राज्य संयन्त्रबाट अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको तर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं,’ पत्रमा भनिएको छ।
     
    रास्वपाले राज्य संयन्त्रद्वारा नियोजित रुपमा सञ्चारमाध्यमहरूको प्रयोग गरी लामिछानेलाई अपराधीका रुपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न भइरहेको गुनासो गरेको छ। अनुसन्धानको क्रममा रहेका विषयका गोप्य कागजातहरू गैरकानुनी रुपमा मिडियालाई उपलब्ध गराएर आमजनतालाई दिग्भ्रमित बनाउने कार्यमा प्रहरी प्रशासन लगायत राज्यका निकाय सक्रिय रहिआएको पार्टीको आरोप छ।
     
    यसैगरि, लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको पत्रमा उल्लेख छ। चितवनबाट अमानवीय ढंगले पोखरा स्थानान्तरण गरिएको भन्दै रास्वपाले आपत्ति जनाएको छ। 
     


    आइतवार, मंसिर २३ २०८१०२:१६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij