काठमाडौं। एक साता लामो चीन भ्रमण सकेर पूर्व प्रधानमन्त्री झलनाथ खनाल आज स्वदेश फर्किँदै हुनुहुन्छ। गत शनिबार चीन भ्रमणमा जानु भएका खनाल आज स्वदेश फर्कन लाग्नु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली चार दिने चीन भ्रमणमै रहेका बेला खनाल पनि चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन शनिवार त्यसतर्फ प्रस्थान गरेका थिए ।
नेकपा एसका सम्मानित नेतासमेत रहेका खनालसँग चिनियाँ नेतृत्वले गरेको उच्चस्तरीय छलफल र अन्य विविध समसामयिक विषयमा भएका कुराकानीका बारेमा विमानस्थलमै पत्रकार सम्मेलन गरी जानकारी गराउनु हुने भएको छ।