Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षा गर्न कांग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक

प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षा गर्न कांग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक

  • शुक्रवार, मंसिर २१ २०८१

  • 564
    SHARES

  • प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षा गर्न कांग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक
    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंसिर २४ गते बिहान ९ बजे बस्नेगरी बैठक बोलाएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा  बस्नेछ ।
     
    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल हुने जनाइएको छ । प्रधानमन्त्री ओलीको मंसिर १७ देखि २० गतेसम्म भएको चीन भ्रमणका क्रममा भएको बीआरआईसम्बन्धी फ्रेमवर्कमा भएको सहमतिबारे कांग्रेसले आधिकारिक धारणा बनाउने बताइएको छ । 
     
    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एव सदस्यहरूलाई बोलाइएको छ ।
     


    शुक्रवार, मंसिर २१ २०८१०२:१६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij