Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता,ऋण लिने कुनै सम्झौता नभएको दाबी, जनतालाई ढाँट्न नहुने विज्ञको तर्क(खासखबर)

चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता,ऋण लिने कुनै सम्झौता नभएको दाबी, जनतालाई ढाँट्न नहुने विज्ञको तर्क(खासखबर)

  • बिहिवार, मंसिर २० २०८१

  • 465
    SHARES

  • चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता,ऋण लिने कुनै सम्झौता नभएको दाबी, जनतालाई ढाँट्न नहुने विज्ञको तर्क(खासखबर)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनुभएको छ । चिनियाँ समकक्षीको निमन्त्रणामा मङ्सिर १७ गते बेइजिङ जानुभएका प्रधानमन्त्री ओली आज फर्किनुभएको हो ।

    प्रधानमन्त्री ओलीको चीन भ्रमण अघि देखि नै निकै समयसम्म छलफल भएको चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा यो भ्रमणमा नयाँ शिराबाट सहमति भएको छ। परियोजनाका लागि नेपाल र चीनबिच ‘फ्रेमवर्क सम्झौता’मा भरसक अनुदान‚ नभए सहुलियत ऋण भन्ने सम्झौता भयो ।

    ऋण लिन सकिने गरी हस्ताक्षर भएपश्चात् अहिले दलहरुका बीचमा विभिन्न टिकाटिप्पणी जारी छन्। तर, सम्झौताबारे दलहरुको औपचारिक धारणा आउन बाँकी नै छ । तर, आज प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि चीनसँग ऋण लिने गरी कुनै पनि सम्झौता नगरिएको उहाँले प्रष्ट पार्नुभएको छ।

    चीन भ्रमणबाट फर्किएपश्चात विमानस्थलमा पत्रकार सम्मेलनमा कुरा गर्दै ओलीले भन्नुभयो, ऋणको विषयमा कुनै छलफल भएन । अहिले हामीले जे प्राप्त गरेका छौं त्यो ऋण होइन भन्ने धेरैपटक दोहोर्याएका छौ। ऋणको कुरा चलेकै छैन । किन ऋण ऋण भनेर सारंगी बजेको छ, मैले बुझ्न सकेको छैन ।

    चीनसँग ऋण लिने गरी कुनै पनि सम्झौता नगरिएको प्रधानमन्त्री ओलीले प्रष्ट पारिरहँदा नेपाली कांग्रेसका नेता एवं अर्थविद् डा. गोविन्द पोखरेलले अब पार्टीका नेताहरुले बीआरआईबारे जनतालाई ढाँट्न नहुने बताउनुहुन्छ ।

    उहाँले कांग्रेसकै नेताहरुलाई भन्नुभयो, नेताहरुले अब हामी बीआरआईको ऋण पनि लिन तयार भयौं भनेर जनतालाई भन्न सक्नुपर्छ। अब कांग्रेसका नेताहरुले दहीचिउरे कुरा गर्न नहुने धारणा पोखरेलको छ ।

    आजै, विमानस्थलमा भएको पत्रकार सम्मेलनमा भारतभन्दा पहिले चीन भ्रमण गर्दा नेपाल उत्तरतिर ढल्केको चर्चा भइरहेको छ नि भन्ने पत्रकारको प्रश्नलाई प्रधानमन्त्री ओलीले खण्डन गर्नुभएको छ । उहाँले भन्नुुभएको छ, ‘दक्षिणको मिडियाले मित्रहरुलाई भड्काउने, आक्षेप गर्ने कुरा गरेको छ भने त्यो राम्रो तरिका होइन ।

    प्रधानमन्त्री ओलीले भ्रमणमा नेपाल–चीनको सम्वन्ध प्रगाढ बनाउने विषयमा चिनियाँ पक्षसँग सौहार्दपूर्ण कुराकानी भएको जानकारी पनि दिनुभएको छ । भ्रमणका क्रममा बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग भेटवार्ता गर्नुभएको थियो ।

    त्यही क्रममा नेपाल र चीनबिच बिआरआई फ्रेमवर्क सहमतिपत्रमा हस्ताक्षर भएको थियो। चीन र नेपालबिच भएको हस्ताक्षर अनुसार परियोजना ‘ग्रान्ट फाइनान्सिङ (अनुदान) मा कार्यान्वयनमा जाने ‘च्याप्टर क्लोज’ भएको छ ।

    अब बीआरआई ‘टेक्निकल सपोर्ट एन्ड एड फाइनान्सिङ मोडालिटी (प्राविधिक सहयोग र सहायता)’ मा अघि बढ्ने निश्चित भएको छ ।


    बिहिवार, मंसिर २० २०८१०८:०३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij