Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मुलुकमा फेरि एकपटक नयाँ क्रान्ति आवश्यक छ : प्रचण्ड

मुलुकमा फेरि एकपटक नयाँ क्रान्ति आवश्यक छ : प्रचण्ड

  • बुधवार, मंसिर १९ २०८१

  • 410
    SHARES

  • मुलुकमा फेरि एकपटक नयाँ क्रान्ति आवश्यक छ : प्रचण्ड

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताउनुभएको छ ।

    गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान २०८१ लाई सम्बोधन गर्दै प्रचण्डले देशमा फेरि एकपटक नयाँ क्रान्तिको आवश्यकता भएको बताउनुभएको हो ।

    उहाँले अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नहुने बरु जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन अघि बढाउने बताउनुभयो । लाखौं लाख जनता सडकमा लिएर हिजो संविधान लेखनको क्रममा फरक मतको रूपमा छाडेका मुद्दा अघि बढाइने र गणतन्त्रलाई जनताको व्यवस्था बनाउने अभियानलाई पूर्णता दिइने प्रचण्डको भनाइ छ ।

    नयाँ क्रान्तिका लागि विभाजित माओवादीलाई एकताबद्ध गर्दै माओवादीको आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको शुरूआत गरिसकेको बताउनुभयो ।

    नेपालमा जनताले दश वर्षे ’जनयुद्ध’ नगरेको भए गणतन्त्र स्थापनाको कल्पनासमेत गर्न नसकिने उल्लेख गर्दै प्रचण्डले जनताको तर्फबाट यति धेरै सङ्गठित र व्यवस्थित रूपमा आजसम्म नेपालमा कुनै युद्ध नभएको दाबी गर्नुभयो । उहाँले इतिहासको सम्मानका लागि नयाँ संस्कारको थालनी गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो । यस्तो कार्यक्रम राज्यले गर्ने परम्पराको पनि थालनी गर्नुपर्ने बताउनुभयो ।

     


    बुधवार, मंसिर १९ २०८१०५:४२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij