Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

चितवनमा रवि समर्थक र प्रहरीबिच झडप, २० प्रहरी घाइते

चितवनमा रवि समर्थक र प्रहरीबिच झडप, २० प्रहरी घाइते

  • बुधवार, मंसिर १९ २०८१

  • 865
    SHARES

  • चितवनमा रवि समर्थक र प्रहरीबिच झडप, २० प्रहरी घाइते

    काठमाडौँ । चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबिच चितवनमा झडप भएको छ। सहकारी ठगी प्रकारणमा चितवनमा जारी बयानका क्रममा रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका समर्थक र प्रहरीबिच झडप भएको हो ।

    चितवनको चौविसकोटीबाट प्रदर्शन गर्दै अघि बढेको प्रदर्शन जिल्ला प्रहरी कार्यालय अघि पुगेपछि प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा भएको झडपका क्रममा दुबै तर्फका केही घाइते भएका छन्।

    प्रदर्शनकारीको ढुंगा लागेर २० भन्दा बढी प्रहरी घाइते भएका छन्। झडपका क्रममा प्रदर्शनकारीलाई रोक्न प्रहरीले पानीको फोहरा र केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ।

    चितवनमा सहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि रविलाई चितवन लगेसँगै उनका समर्थकहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

     


    बुधवार, मंसिर १९ २०८१०१:३७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij