Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मेयर बालेनले गराए नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठलाई शपथ

मेयर बालेनले गराए नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठलाई शपथ

  • मंगलवार, मंसिर १८ २०८१

  • 523
    SHARES

  • मेयर बालेनले गराए नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठलाई शपथ

    काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर–१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनु भएको छ। महानगरका मेयर बालेन्द्र शाह(बालेन)ले श्रेष्ठलाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको हो।

    राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी उम्मेदवार श्रेष्ठले २ हजार ९०२ मत ल्याएर सोमबार वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत प्राप्त गर्नुभएको थियो।

    पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले सोमबार काठमाडौं महानगरपालिका—१६ मा जितेको थियो। श्रेष्ठ नै रास्वपाको पहिलो वडाध्यक्ष बन्नुभएको छ।

     


    मंगलवार, मंसिर १८ २०८१०४:४४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij