Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटवार्ता

  • मंगलवार, मंसिर १८ २०८१

  • 546
    SHARES

  • प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटवार्ता

    काठमाडौं। चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच बेइजिङमा भेटवार्ता भएको छ ।

    हिजोदेखी चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले आज केहीबेर अघि राष्ट्रपति सीसँग बेइजिङको देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा भेटवार्ता गर्नुभएको हो ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार यसअघि प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग भेटवार्ता गर्नुभएको थियो। सो भेटका क्रममा दुई देशका अधिकारीले नौ बुँदे सहमति÷समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

    दुवै देशका प्रधानमन्त्रीबिच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली यही मङ्सिर २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

     


    मंगलवार, मंसिर १८ २०८१०४:१८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij