Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली चीन भ्रमणमा,बीआरआई सहित झण्डै साढे ८ अर्ब अनुदान सम्झौता हुदै, कम्तीमा ८ वटा एमओयुमा हुनेछ हस्ताक्षर (खासखबर)

प्रधानमन्त्री ओली चीन भ्रमणमा,बीआरआई सहित झण्डै साढे ८ अर्ब अनुदान सम्झौता हुदै, कम्तीमा ८ वटा एमओयुमा हुनेछ हस्ताक्षर (खासखबर)

  • सोमवार, मंसिर १७ २०८१

  • 670
    SHARES

  • प्रधानमन्त्री ओली चीन भ्रमणमा,बीआरआई सहित झण्डै साढे ८ अर्ब अनुदान सम्झौता हुदै, कम्तीमा ८ वटा एमओयुमा हुनेछ हस्ताक्षर (खासखबर)

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि आज चीन जानु भएको छ। चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ पुगेको छ।

    यसपटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो औपचारिक विदेश भ्रमण हो। प्रधानमन्त्रीको भ्रमण टोलीमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्य सहभागी छन् ।

    प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्ने भएपछि भ्रमण पहिले भारतबाट सुरु नभएर चीन भन्ने प्रश्न पनि उठेको थियो। प्रमुख विपक्षी नेता पुष्षकमल दाहाल प्रचण्डले ओलीले भारतभन्दा पहिले चीन भ्रमण गरेर ‘चाइना कार्ड’ खेलेको आरोप लगाउनुभएको थियो ।

    यसबिषयमा नेकपा एमालेले खण्डन पनि गरेको थियो ।यसैगरि, चीन भ्रमण अघि चीन सरकारको महत्वकांक्षी योजना ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई)बारे कांग्रेस र एमालेबीच एकमत हुन पनि निकै लामो छलफल भयो।

    नेपाली कांग्रेसका प्रमुख सचेतक तथा भ्रमण दलका सदस्य श्याम घिमिरेले भ्रमण द्विपक्षीय र नियमित भएको बताउनुहुन्छ। भ्रमणमा चर्चामा रहेको बिआरआई महत्वपुर्ण रहेको उहाँको भनाई छ। गठबन्धनका दलबीच बीआरआई कार्यान्वयनमा ‘मध्यमार्गी बाटो’ अपनाएर ओली चीन जानुभएकोे नेता घिमिरेको भनाइ छ ।

    बीआरआई कार्यान्वयनका सम्बन्धमा नेपाल–चीनबीच हुने प्रस्तावित समझदारीका सम्बन्धमा कांग्रेसले प्रस्ताव गरेकै नाममा अन्तिम समयमा आएर सहमति जुटेपछि भ्रमण सफल हुने र चीन पनि सहमति अनुसार नै प्रक्रियामा जाने नेता घिमिरेले स्पष्ट पार्नुभयो ।

    उहाँले बीआरआई अनुदानमै हुने स्पष्ट पार्नुभएको छ। प्रधानमन्त्रीको भ्रमण टोलीमा धेरै जना राखियो भनेर आलोचना र टिप्पणी पनि भएको छ। यहि विषयमा नेता घिमिरेले खाने बस्ने सबै खर्च चीन सरकारले गर्ने भएकाले खर्चको हिसावलाई हेरेर अनावश्यक टिप्पणी गर्न आवश्यक नरहेको बताउनुहुन्छ ।

    चीन र नेपालबीचको सम्बन्ध द्विपक्षीय हित र पारस्परिक लाभमा आधारित सम्बन्ध हो । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री विरोध खतिवडाले प्रधानमन्त्रीको चीन भ्रमणमा भ्रमण दल ठुलो भएको टिप्पणी गर्नुहुन्छ ।

    अन्य देशले दिने अनुदानलाई भिक्षाको संज्ञा दिदै खतिवडाले अरुको भर पर्नुभन्दा आफु आत्मनिर्भर वन्नुपर्नेमा जोड दिनुहुन्छ । प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा भोलि चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नुहुने छ भने दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ ।

    प्रधानमन्त्री ओलीको चार दिने औपचारिक चीन भ्रमणमा नेपाल र चीनबीच कम्तीमा ८ वटा समझदारीपत्र (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ। प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भोली हुने प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय बैठकपछि दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा एमओयू तथा सम्झौतापत्रमा हस्ताक्षर हुनभएको हो ।

    चीनले ८ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी अनुदान सहायता उपलब्ध गर्ने सम्बन्धमा पनि सहमति हुनेछ । प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनफङलाई भेट गर्ने कार्यतालिका पनि रहेको छ । प्रधानमन्त्री ओली मंसिर २० गते स्वदेश फर्कने कार्यतालिका रहेको छ।

     

     


    सोमवार, मंसिर १७ २०८१०८:०३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij