Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

स्थानिय तह उपनिर्वाचनमा उत्साहजनक सहभागिता, करिव ६३ प्रतिशत मतदान, भोलि नै अन्तिम परिणाम आउने (खासखबर)

स्थानिय तह उपनिर्वाचनमा उत्साहजनक सहभागिता, करिव ६३ प्रतिशत मतदान, भोलि नै अन्तिम परिणाम आउने (खासखबर)

  • आइतवार, मंसिर १६ २०८१

  • 628
    SHARES

  • स्थानिय तह उपनिर्वाचनमा उत्साहजनक सहभागिता, करिव ६३ प्रतिशत मतदान, भोलि नै अन्तिम परिणाम आउने (खासखबर)

    काठमाडौं। विभीन्न कारणले रिक्त बनेका स्थानीय तहका ४१ पदका लागि आज भएको उपनिर्वाचनमा मतदान कार्य सम्पन्न भएको छ। मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको थियो ।

    आजको मतदानमा मतदाताले उत्साहजनक सहभागिता जनाएको निर्वाचन आयोगले जनाएको छ। सबै केन्द्रमा विगतमा भन्दा पनि उत्साजनक र शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको आयोगले दाबी गरेको छ।

    आज भएको मतदानमा करिव ६३ प्रतिशत मत खसेको आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो।

    उपनिर्वाचन अन्तर्गत मतदान सकिएलगत्तै अहिले प्रक्रिया पूरा गरी कतिपय स्थानमा मतगणना गर्ने तयारी गरिएको छ । जसका लागि मतगणनास्थल तयार गरिसकिएको आयोगले जनाएको छ ।

    मतगणना कार्य आजदेखि सुरु हुने र कुनै विलम्व नभए सवै ठाँउको मतपरिणाम भोलि साँझसम्म आईपुग्ने सहायक प्रवक्ता चालिसेले जानकारी दिनुभयो।

    नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडाध्यक्ष ३३ गरी ४१ पदका लागि आज मतदान भएको हो। निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा २० राजनीतिक दलका र स्वतन्त्रसमेत गरेर ३७६ जना उम्मेदवार थिए।

    त्यसैगरि,१ सय ६२ मतदानस्थलमा २ सय ९३ मतदान केन्द्र बनाइएको थियो। जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख,उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो।

    जसमा तीन पदमा निर्विरोध निर्वाचित भएसँगै आज ४१ पदमा मात्रै मतदान भएको हो । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित हुनुभएको छ।

    यस्तै रुकुम पूर्वी भाग जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ ।


    आइतवार, मंसिर १६ २०८१०८:२३:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij