Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

स्थानीय तह उपनिर्वाचनको मतदान सम्पन्न, ६२ प्रतिशत मत खस्यो

स्थानीय तह उपनिर्वाचनको मतदान सम्पन्न, ६२ प्रतिशत मत खस्यो

  • आइतवार, मंसिर १६ २०८१

  • 752
    SHARES

  • स्थानीय तह उपनिर्वाचनको मतदान सम्पन्न, ६२ प्रतिशत मत खस्यो

    काठमाडौं। स्थानीय तहको उपनिर्वाचन अन्तर्गत आज शान्तिपूर्ण मतदान सम्पन्न भएको छ। आज ४१ पदका लागि भएको उपनिर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

    आज ६२ प्रतिशत बढी मत खसेको आयोगका सहप्रवक्ता दुर्गाप्रसाद चालिसेले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो।

    जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख,उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो।

    जसमा तीन पदमा निर्विरोध निर्वाचित भएसँगै आज ४१ पदमा मात्रै उपनिर्वाचन भएको हो।निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका हुन् ।

    यस्तै रुकुम पूर्वी भाग जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन्।

    आज बाँकी पदमा ४१ पदका लागि बिहान ७ बजेदेखी साँझ ५ बजेसम्म मतदान भएको हो ।


    आइतवार, मंसिर १६ २०८१०८:१६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij