काठमाडौं। चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ। भोलीदेखि सुरू हुन लागेको चीन भ्रमणको पूर्वसन्ध्यामा आज साँझ ५ बजे वालुवाटारमा बस्नेगरी बैठक डाकिएको हो।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाबारे छलफल गरेर तिनलाई अन्तिम रुप दिने तयारी छ। यो बैठकमा चीनसँग हुन गइरहेको बेल्ट एन्ड रोड इनिसियटिभ(बीआरआई)सम्झौताबारे पनि छलफल हुने बताइएको छ।
प्रधानमन्त्री ओली भोली ८७ सदस्यीय टोलीको नेतृत्व गर्दै चार दिने औपचारिक भ्रमणका लागि भोली चीनको राजधानी बेइजिङ प्रस्थान गर्दै हुनुहुन्छ।
प्रधानमन्त्री ओलीले मंसिर १८ मा त्यहाँस्थित राष्ट्रपति सी चिनफिङले भेटवार्ता गर्ने तय भएको छ भने मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम तय गरिएको छ ।