काठमाडौं। नेपाल घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ ।११ महिनामा १० लाख बढी पर्यटक नेपाल आएका छन्।
नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन्। पर्यटक आगमन संख्याले दोस्रो पटक १० लाख नाघेको हो। पर्यटक आगमनको यो संख्याले पर्यटन उद्योगमा उत्साह थपेको छ।
२०२४ नोभेम्बरमा १ लाख १४ हजार ५०१ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ। बोर्डका अनुसार नोभेम्बरमा भारतबाट १९ हजार ९१५ जना आएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा साढे १८ प्रतिशतले कम हो। त्यसबेला २४ हजार ४४३ जना आएका थिए।
बोर्डका अनुसार गत नोभेम्बरमा सार्क राष्ट्रबाट ३१ हजार १६७, अन्य एसियाली देशबाट २४ हजार ८ सय ९७, युरोपबाट २६ हजार १ सय ५५ र मध्यपूर्वबाट १ हजार ४ सय ८८ पर्यटक नेपाल आइपुगेका थिए ।
२०२३ नोभेम्बरमा १ लाख ८ हजार ६ सय ३० आएका थिए । २०२४ नोभेम्बरमा ५.४ प्रतिशतले बढेका छन् ।