Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

  • आइतवार, मंसिर १६ २०८१

  • 578
    SHARES

  • पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

    काठमाडौं । पेट्रोल र हवाई इन्धनको मूल्य बढेको छ । नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरको एक रुपैयाँले बढाएको हो ।

    अब पेट्रोलको मूल्य पहिलो वर्गमा लिटरको एक सय ५७ रूपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५९ रुपैयाँ र तेस्रो वर्गमा एक सय ६० रूपैयाँ पर्नेछ । पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्र पर्छन् ।

    यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ छन् भने तेस्रो वर्गमा काठमाण्डौ, पोखरा र दिपायललगायतका ठाउँ छन् ।

    यस्तै निगमले हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर १५ का दरले बढाएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँका दरले बढेको निमगले जनाएको छ ।


    आइतवार, मंसिर १६ २०८१०७:०१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij