Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

  • शनिवार, मंसिर १५ २०८१

  • 382
    SHARES

  • उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

    काठमाडौं। भोली हुने स्थानिय तह उपनिर्वाचनका लागी सबै तयारी पूरा भएको छ।आयोगले आवश्यक सबै तयारी पुरा गरेको र तोकिएका मतदान केन्द्रमा भोलि बिहान ७बजे देखि बेलुका ५ बजेसम्म मतदान हुने जनाएको छ।

    भोली नगरपालिकाको मेयर एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपचुनाव हुन लागेको हो। उपचुनावमा ३७६ उम्मेदवार प्रतिस्पर्धामा छन्।

    यसअघि जिल्ला समन्वय समिति ओलखढुङ्गाको प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलालीको प्रमुखमा टीकाकुमारी चौधरी (भूल) तथा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका २ को अध्यक्षमा नेकपा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भइसक्नुभएको छ।

    यस्तै आयोगले नामावलीमा नाम भएका सम्बन्धित निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताले निर्धक्क रुपमा आफूलाई मन परेको उम्मेदवारलाई मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गरेको छ ।

     


    शनिवार, मंसिर १५ २०८१०७:११:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij