Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो हो : प्रचण्ड

सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो हो : प्रचण्ड

  • शनिवार, मंसिर १५ २०८१

  • 445
    SHARES

  • सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो हो : प्रचण्ड

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भएको दाबी गर्नुभएको छ।

    खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै पुर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले बताउनु भएको हो। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिनअघि कीर्तिपुर उपनिर्वाचनको चुनावी सभामा प्रचण्डले हप्ताको दुई÷तीन पटक कांग्रेससँग प्रधानमन्त्री बन्न आग्रह गरेको बताउनु भएको थियो।

    सोही बारेमा प्रचण्डले सत्ता परिवर्तनको कुरा आफूले अघि नबढाएको दाबी गर्दै ०८४ सम्मकै सरकार चलाउन बारम्बार सार्वजनिक मञ्चमार्फत आग्रह गरेको बताउनुभयो ।

    यस्तै,प्रचण्डले जनताको अभिमत पाएर उदाएका नयाँ अनुहारलाई स्वीकार गर्नुपर्ने बताउनुभयो । उहाँले नयाँ शक्ति र अनुहार आफूहरुकै कमजोरीको जगमा उदाएकाले उनीहरुलाई स्वीकार गर्नुपर्ने बताउनुभएको हो। सही र गलतको पहिचान जनताले गर्नेसमेत उहाँको भनाइ छ ।


    शनिवार, मंसिर १५ २०८१०२:५३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij