Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

चीनको औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

चीनको औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

  • शनिवार, मंसिर १५ २०८१

  • 366
    SHARES

  • चीनको औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

    काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किनुभएको छ ।

    ।उहाँ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जानुभएको थियो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छन्दु पुग्नुभएको उहाँले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो। सो भेटवार्ता छन्दुमा नै भएको थियो ।

    सो अवसरमा उहाँहरू बिचमा नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो। प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्दै हुनुहुन्छ। परराष्ट्रमन्त्री डा. राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनुहुनेछ।

    यसैबिच,,परराष्ट्रमन्त्री देउवाले बीआरआईमा भएको समझदारी अनुसार नै नयाँ सम्झौताहरू हुने बताउनुभयो। बीआरआईमा सन् २०१७ मा एमओयू भएको स्मरण गर्दै सोही सेरोफेरोमा रहेर सम्झौताहरू हुने बताउनुभयो।

    चीनका जारी रहेका पुराना आयोजना र नयाँ आयोजनाहरूलाई कसरी बीआरआई अन्तर्गत अगाडि बढाउने त्यसमा छलफल भएको बताउँदै उनले दोस्रो रिङरोड, हिल्सा सिमिकोट सडक, अरनिको राजमार्गलाई बीआरआई अन्तर्गत राखेर बनाउने चीनले पहिला नै घोषणा गरिसकेको बताउनुभयो।

    टोखा छहरे सुरुङ मार्ग, सीमा नाकालगायतका आयोजना नयाँ ढङ्गले अगाडि बढाउने बताउँदै उहाँले यी सबै विषयमा दुई दलको बिचमा सहमति भइसकेको बताउनुभयो। नेपाली राजनीतिको इतिहासमा पहिलो पटक यसरी दलहरू कुनै विषयमा बसेर अक्षर अक्षर केलाएर छलफल गरि सहमति गरेको उहाँको भनाइ छ।


    शनिवार, मंसिर १५ २०८१०२:४१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij