काठमाडौं। सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज काठमाडौं ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रविलाई बुद्ध एयरको विमानबाट भर्खरै काठमाडौं ल्याइएको हो। काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि काठमाडौं ल्याइएको हो।
आज उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिने छ ।भोलि (शुक्रबार)बाट जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बयान हुनेछ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पनि पक्राउ पूर्जी जारी गरिसकेको छ।यसअघी उनलाई कास्कीबाट रुपन्देही लगेर फेरि फिर्ता गरिएको थियो। काठमाडौंपछि चितवन लैजाने तयारी छ।