Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

अराजकतालाई निरुत्साहित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

अराजकतालाई निरुत्साहित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

  • बिहिवार, मंसिर १३ २०८१

  • 404
    SHARES

  • अराजकतालाई निरुत्साहित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

    काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकतालाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभएको छ। आज राष्ट्रिय सूचना आयोगको १६औँ वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।

    प्रधानमन्त्री ओलीले सूचनाको हकलाई वास्तविक हकका रूपमा स्थापित गर्दै सरोकार भएका पक्षलाई आवश्यक सूचना दिने काममा सरकार र आयोगबीच सहकार्य हुनुपर्ने बताउनुभयो। लोकतन्त्रका सकारात्मक पक्षको सक्दो कार्यान्वयन गर्दै अराजकतालाई भने निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो।

    राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन प्रधानमन्त्री ओलीलाई बुझाएको हो ।

    प्रधानमन्त्री निवास बालुवाटार पुगेर आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले वार्षिक प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गर्नुभएकोहो । उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत् संघीय संसदमा प्रस्तुत हुनेछ ।

    वार्षिक प्रतिवेदन बुझाउने कार्यक्रमकै अवसरमा आयोगको वर्तमान नेतृत्वको पाँच वर्षे कार्यकालमा निर्णय भएका ‘महत्त्वपूर्ण आदेश संग्रह’ को प्रधानमन्त्री ओलीबाट सार्वजनिक गरिएको छ ।

    प्रमुख आयुक्त गुरुङले आफूहरूको पाँच वर्षको कार्यकालमा पाँच हजार एक सय ८२ पुनरावेदन प्राप्त भएकामा ९५ प्रतिशत फर्छ्योट गरिएको जानकारी गराउनुभयो।


    बिहिवार, मंसिर १३ २०८१०१:२७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij