Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीको आसन्न भ्रमणको तयारी स्वरुप परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

प्रधानमन्त्री ओलीको आसन्न भ्रमणको तयारी स्वरुप परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

  • बिहिवार, मंसिर १३ २०८१

  • 405
    SHARES

  • प्रधानमन्त्री ओलीको आसन्न भ्रमणको तयारी स्वरुप परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गर्नुभएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उहाँ आज मध्यान्ह त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

    परराष्ट्रमन्त्री नियुक्त भएपछि राणाको यो पहिलो चीन भ्रमण हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले उहाँलाई बिदाइ गर्नुभएको छ।

    भ्रमणका क्रममा मन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु शहरमा हुनेछ ।

    चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारी स्वरुप उहाँ चीन जानुभएकोहो।

    प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीन भ्रमणमा जादै हुनुहुन्छ। परराष्ट्रमन्त्री डा राणा शनिबार नेपाल फर्किएर पुनः प्रधानमन्त्रीसँग चीन जाने कार्यक्रम तय भएको छ ।


    बिहिवार, मंसिर १३ २०८११२:५५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij