Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज

  • बुधवार, मंसिर १२ २०८१

  • 493
    SHARES

  • दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज
    काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिट खारेज गर्ने फैसला सुनाएको छ। सर्वोच्चले रिट खारेजीसँगै निर्देशनात्मक आदेश पनि जारी गरेको छ। 
     
    न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश गरेको हो । सर्वोच्चको यो आदेशपछि उनी थुनामै रहने भएका छन् ।
     
    प्रसाईंको हकमा छोरा नीरज प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा प्रसाईंलाई उपस्थित गराउने आदेश भएको थियो ।
     
    प्रसाईंलाई यसपटक साइवर अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।  उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गलत भ्रम फैलाएको भन्दै प्रहरीले अनुसन्धानका लागि पक्राउ गर्दै जिल्ला अदालत काठमाडौंबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान  थप गरेको छ।
     


    बुधवार, मंसिर १२ २०८१०४:४६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij