Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेकपाको सचिवालय बैठक आज बस्दै, दुवै पक्ष एक अर्कालाई गलाउने दाउमा

नेकपाको सचिवालय बैठक आज बस्दै, दुवै पक्ष एक अर्कालाई गलाउने दाउमा

  • शुक्रवार, कार्तिक २८ २०७७

  • 831
    SHARES

  • नेकपाको सचिवालय बैठक आज बस्दै, दुवै पक्ष एक अर्कालाई गलाउने दाउमा

    काठमाडौं । लामो रस्साकस्सीपछि बस्न लागेको नेकपा सचिवालय बैठकमा लागि नेकपाका दुवै पक्षले रणनीति तयार गरेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले बैठकमा एक अर्कालाई गलाउने प्रयास गर्ने भएका छन् ।

    प्रचण्ड पक्षले सरकार र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको काम र भूमिका उपयुक्त नभएको भन्दै आलोचना गर्ने भएको छ भने ओली पक्षले सरकारलाई र प्रधानमन्त्रीलाई काम गर्न नदिएको आरोप लगाउने भएको छ । त्यसका लागि दुवै पक्षले आ आफ्नो तर्फबाट छलफल तथा परामर्श गरिरहेको जनाइएको छ ।

    असन्तुष्ट पक्षले बैठक बोलाउन पटक पटक आग्रह गर्दा पनि अस्विकार गर्दै आउनु भएका अध्यक्ष ओलीले बाध्यतामा परेर आज बैठक बोलाउनु भएको हो । प्रचण्ड पक्षले बैठक बोलाउन लिखित आग्रह नै गरेको र हिजोसम्ममा बैठक नबोलाएमा आफुले नै बैठक सञ्चालन गर्ने चेतावनी दिएपछि ओलीले आजका लागि बैठक तय गर्नु भएको हो ।

    प्रचण्ड पक्षको लिखित आग्रह र ओलीको निर्देशनपछि महासचिव विष्णु पौडेलले आज दिउसो ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी सचिवालयको बैठक बोलाउनु भएको छ । नेकपाको हालको विधानमा दुई अध्यक्षको सहमतिमा महासचिवले बैठक बोलाउने व्यवस्था छ ।

    नेकपा सचिवालयमा अध्यक्ष ओलीको पक्षमा उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री तथा महासचिव विष्णु पौडेल र गृह मन्त्री रामबहादुर थापा बादल गरी चार जना हुनुहुन्छ भने उहाँप्रति असन्तुष्टहरुको समूहमा अध्यक्ष प्रचण्ड, पूर्व प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठगरी पाँच जना हुनुहुन्छ ।

    असन्तुष्ट पक्षले सरकारको काम कारबाही, प्रधानमन्त्री ओलीको भूमिका, भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलसँगको गोप्य भेटवार्ता, नेपालको नयाँ नक्शा प्रकाशति पुस्तक वितरण गर्न रोक लगाएकोलगायतका विषयमा असन्तुष्टि जनाउदै आएको छ ।

     


    शुक्रवार, कार्तिक २८ २०७७०८:११:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij