Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सुशासनका मामलामा वर्तमान सरकार पनि चुक्ने जोखिम,सरकार सचेत रहेको कांग्रेस एमालेको दावी, विपक्षीबाट नियतमा नै प्रश्न( खासखबर)

सुशासनका मामलामा वर्तमान सरकार पनि चुक्ने जोखिम,सरकार सचेत रहेको कांग्रेस एमालेको दावी, विपक्षीबाट नियतमा नै प्रश्न( खासखबर)

  • मंगलवार, मंसिर ११ २०८१

  • 560
    SHARES

  • सुशासनका मामलामा वर्तमान सरकार पनि चुक्ने जोखिम,सरकार सचेत रहेको कांग्रेस एमालेको दावी, विपक्षीबाट नियतमा नै प्रश्न( खासखबर)

    काठमाडौं । अहिलेको सरकार जनताको सरकार हो, मेरो कोही छैन भन्नेका निम्ति राज्य छ, सामाजिक सुरक्षा दिवसका अवसरमा शुभकामना दिँदै आज मात्र प्रधानमन्त्री के पी शर्मा ओलीले भन्नुभएको कुरा हो ।

    सरकारले सुशासन र विकासको अभियानमा लम्किरहेको दाबी गरिरहेको छ। तर जनताले महसुस गर्न नपाएको गुनासो गर्छन्। जुनसुकै सरकार आएपनि जनताले भने दुःख, पिडा र अभावमै दिन बिताउनु परेको छ।

    जनताको पिडा पोख्ने ठाँउ छैन । कुर्सीका लागि मत र मन मिल्ने दलहरु जनताका सरोकारका बिषयमा किन एकमत भएर अगाडि जान सकिरहेका छैनन् ? यो पनि जनताको प्रश्न हो ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनी वर्तमान सरकारको नियत र निष्ठा राम्रो नरहेको टिप्पणी गर्नुहुन्छ । सरकारले म भ्रष्टाचार गर्दिन काम गर्छु भनेर प्रचार गर्ने तर काम नगरि हल्ला मात्र गर्ने गरेको लोहनीको भनाई छ ।

    जनताका सरोकारका बिषयमा गठवन्धन सरकार सचेत रहेको सत्तारुढ कांग्रेस एमालेको दाबी छ ।नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले सरकारले अव काम गरेर देखाउनुपर्ने बताउनुहुन्छ ।

    समृद्धिको आधार स्थायी सरकार नै भएकाले अव जनताकै चाहना अनुसार अगाढि बढ्ने चुनौति रहेको स्वीकार गर्नुहुन्छ ।

    नेकपा एमालेका नेता आनन्द पोखरेलले सरकार परिवर्तन भएको चार महिना भएकाले प्रकृयागत रुपमा जाँदा केहि काममा ढिलासुस्ति भएपनि आगामी बजेटमा जनताले महसुस गर्ने गरि नयाँ कार्यक्रम आउने बताउनुभयो ।

    आर्थिक समृद्धि र सुशासनबारे सरकार चुकेको छ । कुनै पनि क्षेत्रमा नयाँपन देखिएको छैन । सरकारले जनताका बीच आफू छु भनेर महसुस गराउन धेरै काम गर्नुपर्ने देखिन्छ ।

    त्यसैले जनताको बढिरहेको आक्रोश, पीडा र असन्तुष्टिका स्वरहरुलाई सम्वोधन गर्दै परिणाम नै देखिनेगरि काम गर्नुपर्र्ने सरकारलाई चुनौति रहेको छ ।

     

     


    मंगलवार, मंसिर ११ २०८१०८:१९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij