Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

न्यायपरिषदको बैठक जारी,रिक्त न्यायाधीश सिफारिसको विषय एजेण्डामा

न्यायपरिषदको बैठक जारी,रिक्त न्यायाधीश सिफारिसको विषय एजेण्डामा

  • मंगलवार, मंसिर ११ २०८१

  • 461
    SHARES

  • न्यायपरिषदको बैठक जारी,रिक्त न्यायाधीश सिफारिसको विषय एजेण्डामा

    काठमाडौं। सर्वोच्च र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशको नियुक्तिबारे छलफल गर्न न्यायपरिषदको बैठक सुरु भएको छ ।

    न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठको पदावधि सकिन केही दिनमात्रै बाँकी रहेको पृष्ठभूमिमा परिषदको बैठक बोलाइएको हो ।

    न्यायपरिषद् सम्वद्ध स्रोतका अनुसार, सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीशको सिफारिसको विषय एजेण्डामा राखिएको छ ।अहिले सर्वोच्च अदालतमा चार न्यायाधीश रिक्त छन् भने दुई जना उच्च अदालतमा मुख्यन्यायाधीशको पद रिक्त छ ।

    उच्च अदालतभरमा १७ जना न्यायाधीशहरुको दरबन्दी खाली छ । करिव एक वर्षदेखि नै उच्च र सर्वोच्च अदालतमा खाली रहेको ठाँउमा पूर्ण रुपमा पदपूर्ति हुन सकेको छैन ।


    मंगलवार, मंसिर ११ २०८१०२:०१:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij