Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा नेता कार्यकर्ताको प्रदर्शन

रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा नेता कार्यकर्ताको प्रदर्शन

  • मंगलवार, मंसिर ११ २०८१

  • 468
    SHARES

  • रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा नेता कार्यकर्ताको प्रदर्शन

    काठमाडौं। सभापति रवि लामिछानेको रिहाइको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

    माइतीघरमा भेला भएका रास्वपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । केन्द्रीय सदस्य ज्वाला संग्रौलाको नेतृत्वमा रास्वपाले प्रदर्शन गरिरहेका छन् ।

    सहकारी ठगी आरोपमा पक्राउ परेका लामिछानेलाई पोखराबाट काठमाडौं ल्याउने तयारी हुँदा रास्वपाका नेता कार्यकर्ताले विरोध गरिरहेका छन् ।

    ‘रवि दाइलाई न्याय दे’ प्लाकार्ड बोकेर उनीहरुले विरोध गरिरहेका छन् । लामिछानेलाई काठमाडौं ल्याएर जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिने तयारी गरिएको छ ।


    मंगलवार, मंसिर ११ २०८१०१:३१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij