Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त

  • सोमवार, मंसिर १० २०८१

  • 729
    SHARES

  • धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त
    काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको छ। सोमबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले बताउनुभयो।
     
    अध्यक्ष नियुक्ति सिफारिसका लागि योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा समिति बनेको थियो। समितिले आइतबार श्रेष्ठसहित डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम सिफारिस गरेको थियो। सोही सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्ताव पेस गर्नुभएको थियो। 
     
    सोही आधारमा मन्त्रिपरिषद्ले उनीहरूमध्ये सन्तोष नारायण श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। खिचातानीका कारण गत पुसदेखि धितोपत्र बोर्ड नेतृत्वविहीन थियो। सर्टलिस्टमा परेकाहरूको अन्तर्वार्तासमेत हिजो सकिएको थियो। 
     
    आवेदन दिएकामध्ये कृष्ण कार्की र डा. नवराज अधिकारीको अन्तर्वार्ता र प्रस्तुतीकरण आइतबार भएको हो। अन्तर्वार्तामा अर्का उम्मेदवार चिरञ्जीवी चापागाईँ भने अनुपस्थित हुनुहुन्थ्यो। आवेदकहरू सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको पहिले नै अन्तर्वार्ता भइसकेको थियो।


    सोमवार, मंसिर १० २०८१०७:२९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij