काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका विषयमा आज सरोकारवालासँग छलफल गर्ने तयारी गर्नुभएको छ।
बिहान ११ बजे पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका विषयमा छलफल गर्न लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने छलफलमा चीन भ्रमणका विषय र सुझावहरु लिने तयारी छ ।
प्रधानमन्त्री ओली यही मंसिर १७ देखि पाँच दिने चीन भ्रमणमा जाने तयारीमा हुनुहुन्छ।