Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

‘मेयर बालेनले नशाको तालमा एमालेसँग प्रतिशोध साँधे’

‘मेयर बालेनले नशाको तालमा एमालेसँग प्रतिशोध साँधे’

  • सोमवार, मंसिर १० २०८१

  • 734
    SHARES

  • ‘मेयर बालेनले नशाको तालमा एमालेसँग प्रतिशोध साँधे’

    काठमाडौं। नेकपा एमालेले काठमाडौं महानगरपालिकाले प्रतिशोध साँधेको आरोप लगाएको छ। एमाले नेता तथा सांसद सुर्य थापाले महानगर पालिकाका मेयर बालेन्द्र शाहले एमालेसँग प्रतिशोधपूर्ण तवरले भिडन्त गर्न हिँडेको आरोप लगाउनु भएको हो।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै सांसद थापाले गत शुक्रबार काठमाडौंका गरिएको जागरण सभाको आयोजक एमाले नभएकोले जरिवाना तिर्ने तिराउने सरोकार पनि एमालेसँग नहुने जिकिर गर्नुभयो। उपत्यका तीन जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई एमालेको भन्न नमिल्ने तर्क गर्दै उहाँले मेयर शाह अराजक बनेको टिप्पणी समेत गर्नुभयो।

    फरक प्रसङ्गगमा उहाँले सहकारी ठगी प्रकरणमा समितिको प्रतिवेदन अनुसार नै प्रक्रिया पनि अगाडी बढेकोले पीडितले न्याय पाउने र दोषी कठघरामा आउने बताउनु भयो । यो प्रकरणमा जोडिएका रास्वपा सभापति लामिछानेको संलग्नता पुष्टी हुँदै गएको पनि उहाँले बताउनुभयो ।

    सरकारले रास्वपा र सभापति रवी लामिछानेमाथी कुनैपनि पूर्वाग्रह नराखेको दावी गर्दै उहाँले सहकारी प्रकरणमा लामिछानेजस्ता धेरै व्यक्तिहरु अनुसन्धानका लागी हिरासतमै रहेकोले कोही पनि अताल्लिनुपर्ने अवस्था नरहेको बताउनुभयो।


    सोमवार, मंसिर १० २०८१०७:४४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij