काठमाडौं। भारतीय चेन होटल कम्पनी लर्ड्सले काठमाडौं महाराजगञ्जमा होटल मण्डला नोर्लिङ लर्ड्स प्राइमका नाममा नयाँ लक्जरी होटल सञ्चालनमा ल्याएको छ ।
सुविधासम्पन्न उक्त होटलमा सुपर डिलक्स, डिलक्स र सुइट रुम गरी ८६ वटा कोठा छन् । आठ रोपनी क्षेत्रफलमा निर्माण गरिएको मण्डला नोर्लिङ होटलमा तीन भवन रहेका छन् ।
यस होटलको एउटा भवनमा चाइनिज रस्टुरेन्ट र स्पा, अर्कोमा मुख्य होटल र तेस्रो पार्टीको लागि छुट्याइएको छ । भारतीय कम्पनी लर्डस प्राइमले व्यवस्थापन गर्ने यो होटलमा होटलमा नेपाली पर्यटन उद्यीहरुको लगानी रहेको होटलका कार्यकारी अध्यक्ष तथा नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जानकारी दिनभयो ।
उहाँका अनुसार होटलमा चारतारे स्तरका सुविधाहरु रहेपनि अहिले स्टार नलिई सञ्चालन गर्न लागिएको छ । होटलमा थप स्तरोनत्ती गरि विस्तारै स्टार लिइने पनि उहाँले जानकारी दिनुभयो ।
महाराजगञ्ज चक्रपथै रहेको होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोमिटरको दुरीमा रहेको छ । सजिलो लोकेशनमा रहेका कारण यहाँ बस्ने पर्यटकहरुले पशुपतिनाथ मन्दिर, बौद्धनाथ स्तुपा, बसन्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, बुढानीलकण्ठ मन्दिर र ठमेल नजिकैका पर्यटकीय आकर्षणहरू र विश्व प्रसिद्ध युनेस्को सम्पदा बूढानीलकण्ठ तथा ठेमल देखि सहज रुपममा पुग्न सक्नेछन् ।
भारतमा दजनौं चेन होटल सञ्चालनमा ल्याएको लर्डले यस अघि काठमाण्डौंको बौद्धमा दुईवटा, विरजञ्ज, नेपालगन्ज र भैरहवामा एक एक वटा होटलको व्यवस्थापन गरिसकेको छ । आगामी दिनमा पोखरा, चितवन र नेपालका अन्य भागमा पनि होटल विस्तारको योजना राखिएको लर्डस गु्रप नेपालका एशोसियट भाइस प्रसिडेन्ट शैलज एन तेरीले जानकारी दिनुभयो ।
भाइस प्रसिडेन्ट शैलज एन तेरीका अनुसार होटल आपनिङ कै अवसरमा सयौं विदेशी पर्यटकहरुको बुकिङ भइसकेको छ भने अन्य बुकिङका क्रममा रहेका छन् । होटलले अन्य विदेशी संगै विशेषगरि चिनियाँ र भारतीय पर्यटकलाई नै लक्षित गरिएको छ । मण्डला नोर्लिङ होटलमा चिनियाँ खानासहित चिनियाँ रेस्टुरेन्ट सञ्चालन गरिएको छ ।
त्यस्तै, भारतीयलाई लक्षित गरेर भारतीय भान्सा, नेपाली भान्सा, बहुभान्सा (मल्टि क्विजिन) राखिएको छ । साथै, होटलमा ५० जनाभन्दा बढी अटाउने चार वटा हलहरु पनि रहेका छ । तीन वटा ठूला हल निर्माणको क्रममा रहेको होटल व्यवस्थापनले जानकारी दिएको छ । मण्डला नोर्लिङ होटलको रुपटप स्वीमिङ पुलको व्यवस्था छ ।
३६० डिग्री भ्यू, दुई वटा रेस्टुरेन्ट, बार रहेको रहेको यो होटलमा भित्री र बाहिरी पाकिङमा करिब तीन सय गाडी अटाउन सक्छ । होटलको भुईं तल्लामा पार्टी प्यालेन्स पनि हुनेछ । पछिल्लो समय नेपालमा स्तररिय होटलहरुको संख्या बढिरहेको सन्दर्भमा यो होटलको सञ्चालनले नेपालको पर्यटन विकासमा थोरै भएपनि योगदान दिने अपेक्षा गरिएको छ ।