प्रधानमन्त्री ओलीका बुबा मोहन ओली अस्पताल भर्ना, प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली अस्वस्थ भएपछी अस्पताल भर्ना गरिएको छ।
प्रधानमन्त्री ओलीले बुबालाई काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।
प्रधानमन्त्री ओलीले अस्पतालमा बुबालाई भेटेको फोटो फेसबुकमा पोस्ट गर्दै बुबालाई फोक्सोसम्बन्धी समस्या भएर उपचार भइरहेको र अहिले स्वास्थ्य स्थिति सामान्य रहेको पनि उल्लेख गर्नुभएको छ ।