काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ। प्रर्दशनबारे आम सर्वसाधरण र प्रतिपक्षी दलहरुबाट विभिन्न टिकाटिप्पणी भएका छन्। आखिर सरकारमै रहेको दललाई प्रर्दशन गर्नुपर्ने कारण किन आईलाग्यो भन्ने जिज्ञासा धेरैमा छ ।
शक्ति प्रर्दशन के का लागि र कसका लागि भनेर चौतर्फी प्रश्न उठिरहेको छ । दरबारमार्गबाट जागरण सभामा बोल्दै प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुलाई कडा जवाफ दिनुभयो।
ओलीले भन्नुभयो, ‘हामीमाथि लगाएका आरोपहरू वास्तवमा खण्डन र चर्चा गर्न लायकका पनि छैनन् । ‘नेकपा एमालेसंग बहस गर्न सक्नुहुन्छ ? भन्दै ओलीले सभाबाट चुनौति दिनुभयो ।
प्रधानमन्त्री ओलीले यसो भनिरहदा आम जनताले सामाजिक संजालमार्फत आफ्नै सरकार, आफ्नै प्रशासन, आफ्नै शक्ति प्रदर्शन ? त्यो पनि बाटो पूर्ण रुपमा बन्द गरेर । यो भन्दा ठुलो अराजकता के हुन सक्छ ? भनेर सोधिरहेका थिए । प्रतिपक्षी दलहरुले पनि आजको प्रर्दशनलाई बेतुकको संज्ञा दिएका छन्।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल एमालेको प्रर्दशनलाई लक्षित गर्दै भन्नुहुन्छ, बालुवाटारबाट सन्देश दिन नसकेर सडकबाट सन्देश दिनुपर्ने अवस्था आईपर्नु भनेको सत्तारुढ दलहरु ठुलो संकटमा रहेको संकेत हो ।
सरकारले सिन्को भाँच्न नसकेको र सडकमा नाटक गरेको विपक्षी दलको आरोप छ । यही पाराले यो संविधान र व्यवस्था जोगाउँछु भनेर सोचिरहनुभएको छ ? देश हाम्रो पुस्ताको मात्र विर्ता हो ? भावी पुस्ताको बारेमा सोच्नु पर्दैन? राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र प्रश्न गर्नुहुन्छ ।
विरोधिहरुलाई आफ्नो ताकत देखाउनका लागि एमालेले शक्ति प्रर्दशन गरेको हो भनेर विपक्षीले भनिरहदा सत्तारुढ एमालेको प्रदर्शनलाई विश्लेषकहरुले पनि कहिले पनि नदेखेको जात्रा भनेर टिप्पणी गरेका छन् ।
बरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले सत्तामा बसेर राम्रो काम गर्न नसक्दा नागरिक स्तरबाट आलोचना भईरहेको बेला सत्तारुढ दलले नै आवागमन प्रभावित हुने गरी सडकमा कार्यकर्ता उतार्नुको कुनै औचित्य नरहेको तर्क गर्नुहुन्छ । सरकारबाट सेवा दिन नसकेको स्वीकारोक्ति सहित आजको प्रर्दशन भएको उहाँको तर्क छ ।
सत्तामा रहेको दलले सभा र ¥याली गर्न नमिल्ने भन्दै भएका विभिन्न टिप्पणीप्रति भने नेकपा एमालेले आपत्ति जनाएको छ । लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरू सधैँ जनतामा जाने र आफूहरूले पनि त्यही गरेको दाबी एमालेको छ ।