Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रविसहित १० जनाविरूद्ध चितवनबाट पनि पक्राउ पुर्जी

रविसहित १० जनाविरूद्ध चितवनबाट पनि पक्राउ पुर्जी

  • शुक्रवार, मंसिर ७ २०८१

  • 468
    SHARES

  • रविसहित १० जनाविरूद्ध चितवनबाट पनि पक्राउ पुर्जी

    काठमाडौं। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

    जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले आज रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनालाइ पक्राउ पुर्जी जारीका लागि अनुमति दिएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका वरिष्ठ प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार चितवनको साहारा सहकारी पीडित २४ जनाले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका थिए।

    साहाराबाट गोर्खा मिडियासहित ५ वटा संस्था÷कम्पनीमा रकम पठाइएका संस्थाका सञ्चालक तथा पदाधिकारीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको एसपी मिश्रले जानकारी दिनुभयो ।


    शुक्रवार, मंसिर ७ २०८१०७:०१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij