Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सरकार विकास र सुशासनको बाटोमा छः प्रधानमन्त्री ओली

सरकार विकास र सुशासनको बाटोमा छः प्रधानमन्त्री ओली

  • शुक्रवार, मंसिर ७ २०८१

  • 582
    SHARES

  • सरकार विकास र सुशासनको बाटोमा छः प्रधानमन्त्री ओली

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अनेक षड्यन्त्र र भ्रम चिरेर विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेको बताउनु भएको छ।

    आज काठमाडौंको दरबारमार्गमा एमालेले आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै (एमाले)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो। 

    उहाँले अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो।

    प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने जनाउदै देशलाई माथि लान एमाले र नेपाली काङ्ग्रेसको सहयात्रा गरिएको भन्दै सरकारको गठबन्धन आगामी निर्वाचनसम्म रहने स्पष्ट पर्नुभयो।

    ओलीले मुलुक र लोकतन्त्रलाई अफ्ठ्यारोमा पार्न नदिन र समाजमा अराजकता मच्चाउने काम हुन नदिन कांग्रेससँग सहकार्य गरेर अघि बढ्नुपरेको बताउँदै त्यस्ता प्रयासहरुलाई सरकारले असफल बनाउने पनि बताउनुभयो।

    ओलीले भारत नभइ पहिले चीन भ्रमण गरेर अपरिपक्व काम गर्न लागेको भन्दै टिप्पणी गर्नेप्रति आपत्ति जनाउँदै उहाँले छिमेक सम्बन्धलाई अत्यन्तै सन्तुलित सम्बन्धको रूपमा अघि बढाउने र आगामी चिन भ्रमण सफल हुने दावी गर्नुभयो।


    शुक्रवार, मंसिर ७ २०८१०५:३१:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij