Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

छविलाल जोशीलाई बयान सकेर पोखरा फर्काइयो, अब रविलाई ल्याउने तयारी

छविलाल जोशीलाई बयान सकेर पोखरा फर्काइयो, अब रविलाई ल्याउने तयारी

  • शुक्रवार, मंसिर ७ २०८१

  • 584
    SHARES

  • छविलाल जोशीलाई बयान सकेर पोखरा फर्काइयो, अब रविलाई ल्याउने तयारी

    काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीको काठमाडौंमा पनि बयान लिइएको छ।

    स्वर्णलक्ष्मी सहकारीको बचत रकम ठगी प्रकरणको बयान लिन कास्की प्रहरीको हिरासतमा रहेका जोशिलाई पोखराबाट काठमाडौं ल्याएर बयान लिएपछी पुनः पोखरा नै फर्काइएको हो ।

    पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको बयान लिन प्रहरीले गएको मंगलबार काठमाडौं ल्याएको थियो। प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले बुधबारबाट बयान लिन थालेकोमा हिजो बयान सकेर आज फिर्ता पठाइएको हो।

    जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीका अनुसार सोही सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि भोली शनिबार काठमाडौं प्रहरीले पोखराबाट झिकाउने तयारी गरेको छ।

    विभिन्न पाँच जिल्लाको सहकारीको रकम रवि र छवि समेत सञ्चालक रहेको ग्यालेक्सी टेलिभिजनमा ६५ करोड रुपैयाँ गएको खुलेपछि उनीहरू दुवैजना पक्राउ गरेका हुन् । सहकारी ठगीका मुख्य आरोपी गितेन्द्र राई (जीबी) भने अझै फरार छन् ।


    शुक्रवार, मंसिर ७ २०८१०५:२६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij