Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचन हुने ४१ वटै ठाउँको मतपत्रको नमूना सार्वजनिक

उपनिर्वाचन हुने ४१ वटै ठाउँको मतपत्रको नमूना सार्वजनिक

  • शुक्रवार, मंसिर ७ २०८१

  • 511
    SHARES

  • उपनिर्वाचन हुने ४१ वटै ठाउँको मतपत्रको नमूना सार्वजनिक
    काठमाडौं । स्थानीय तह उपचुनावको वास्तविक मतपत्रको नमूना सार्वजनिक भएको छ । उपनिर्वाचन हुन लागेको पालिका र वडा गरी ४१ वटै स्थानका लागि छुट्टा छुट्टै आवश्यक पर्ने मतपत्रका डिजाइन तयार गरेपछि निर्वाचन आयोगले शुक्रबार नमूना सार्वजनिक गरेको हो ।
     
    उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिन्ह मात्र समावेश गरी मतपत्र तयार गरिएका आयोगका सहसचिव एवम् प्रवक्ता निता पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार स्वीकृत डिजाइन बमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेका छन् ।
     
    यसरी उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडामा प्रयोग गर्ने गरी तयार भएका मतपत्रका नमूना सम्बन्धित सबैको जानकारीको लागि आयोगको वेबसाइटमा राखिएको आयोगले जनाएको छ ।
     
    उक्त वास्तविक मतपत्रको नमूना मतपत्रको आधारमा राजनीतिक दल तथा उम्मेदवारले प्रचार प्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने भएकोले त्यसै अनुसार आवश्यक व्यवस्था गरी उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिता हुने गरी आवश्यक कार्य गर्न गराउन आयोगले आग्रह गरेको छ ।


    शुक्रवार, मंसिर ७ २०८१०४:०९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij