Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता, आइतबार पेसी

दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता, आइतबार पेसी

  • शुक्रवार, मंसिर ७ २०८१

  • 723
    SHARES

  • दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता, आइतबार पेसी
    काठमाडौं । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्। गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनले आफ्ना कानुनी व्यवसायीमार्फत सर्वोच्चमा आज रिट दर्ता गराएका हुन्।
     
    प्रसाईँले दायर  गरेको रिट दर्ता भइसकेको अदालतका प्रवक्ता अच्युत कुइँकेलले  जानकारी दिनुभयो। उहाँले रिटको पेशी आइतबारलाई तोकिएको बताउनुभयो।
     
    ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको र अफवाह फैलाएको आरोपमा उनलाई मंसिर ४ गते केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। 
     
    विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा उनीमाथि कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।
     
    सामाजिक सञ्जालमा कम्बोडियामा ओलीको लगानी रहेको भन्दै उनले सार्वजनिक गरेको कागजातमा प्रधानमन्त्री ओलीको नामसहित र नक्कली हस्ताक्षर रहेको थियो। प्रहरीले उक्त ‘फेक डकुमेन्ट’ प्रचारप्रसार गर्नेमाथि पनि निगरानी बढाएको छ।
     
    यसअघि काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएको थियो। लगत्तै पक्राउ परेका प्रसाईँलाई प्रहरीले नियन्त्रण लिएको थियो।
     
    साइबरसम्बन्धी कसुरमा असोज १५ गते जिल्ला अदालत काठमाडौंले प्रसाईँलाई धरौटीमा छोड्न आदेश दिएको थियो। एक लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका थिए। ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री ओलीविरुद्ध दुष्प्रचार गरेको भन्दै प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएको हो।
     
    उनलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसारको कसुर गरेको अभियोगमा ५ वर्ष कैद सजायको मागदावीसहित यसअघि मुद्दा दायर भएको छ। उक्त मुद्दाको फैसला आउन भने बाँकी नै छ।


    शुक्रवार, मंसिर ७ २०८१०३:३१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij