Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

वर्तमान सरकार आफैभित्र अन्तरविरोधले ग्रस्त भइरहेको छ: झलनाथ खनाल

वर्तमान सरकार आफैभित्र अन्तरविरोधले ग्रस्त भइरहेको छ: झलनाथ खनाल

  • शुक्रवार, मंसिर ७ २०८१

  • 576
    SHARES

  • वर्तमान सरकार आफैभित्र अन्तरविरोधले ग्रस्त भइरहेको छ: झलनाथ खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादी नेकपा एसका सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकार आफैभित्र अन्तरविरोधले ग्रस्त भएको बताउनुभएको छ ।

    दुई तिहाइ बहुमतको शक्तीशाली भनिएको सरकार संसदका अंक गणितका हिसावले बलियो मानिएको सरकारले निरासाबाहेक केहिदिन नसकेको पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले सरकार गठनको समयमा गरिएको सात बुँदे सहमतिको हस्ताक्षरको डकुमेन्टसम्म जनतामाझ सार्वजनिक नगरेको आरोपसमेत लगाउनुभयो ।

    नेताहरुले अन्टसन्ट व्याख्यामात्रै गरिरहेको बताउँदै भने र गरेका कुराहरु अहिलेसम्म एउटा पनि पूरा नगरेको उहाँको भनाइ छ ।

    कृषिप्रधान देशमा कृषकको हितमा एउटा पनि नीति अगाडि आउन नसक्नु अत्यन्तै दुखद भएको बताउँदै नेता खनालले राष्ट्रिय उत्पादनलाई बढाउने यो सरकारबाट केहि कुरै नदेखिएको जिकिर गर्नुभयो ।

    वर्तमान सरकार गठनपछि जनतामाथि शोषण र अन्याय बढ्दै गइरहेको, दलाल पुँजीबाद जताततै हाबी भइरहेको, महंगी बढिरहेकोसमेत नेता खनालको आरोप रहेको छ ।

    यस्तै उहाँले चिनियाँ सहयोग बीआरआईबारे अनावश्यक विवाद नगर्न र नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर अघि बढ्न आग्रह गर्नुभएको छ ।

    बीआरआई ऋणको पासो हुन्छ भन्ने कुरामा उहाँले आपत्ती जनाउनुभएको छ । बीआरआईलाई गलत प्रचार गरेर राष्ट्रिय हितलाई तिलान्जली दिइरहहेको र नेपाली जनतामाथि खेलवाड गरिरहेको आरोप लगाउनुभयो ।


    शुक्रवार, मंसिर ७ २०८१०९:४८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij