Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बीआरआईले सत्तागठवन्धनमा तरंग, सहमति जुटाएरै छाड्ने रणनीति, गठबन्धनमा दरार नआउने कांग्रेस एमालेको दाबी (खासखबर)

बीआरआईले सत्तागठवन्धनमा तरंग, सहमति जुटाएरै छाड्ने रणनीति, गठबन्धनमा दरार नआउने कांग्रेस एमालेको दाबी (खासखबर)

  • बिहिवार, मंसिर ६ २०८१

  • 527
    SHARES

  • बीआरआईले सत्तागठवन्धनमा तरंग, सहमति जुटाएरै छाड्ने रणनीति, गठबन्धनमा दरार नआउने कांग्रेस एमालेको दाबी (खासखबर)

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको प्रमुख एजेन्डा रहेको बीआरआईबारे सत्तारुढ कांग्रेस एमालेबीच एकमत हुन नसक्दा कतै वर्तमान सरकारमा दरार त आउने होईन भन्ने आशंका पैदा भएको छ। तर कांग्रेस र एमाले भने बीआरआईकै बिषयले सरकार र गठवन्धनमा कुनै समस्या नआउने र नरहने दाबी गर्छन् ।

    प्रधानमन्त्री ओलीको चीन भ्रमण नजिकिँदै गर्दा चीनको रणनीतिक परियोजना बीआरआईको विषयमा सत्तापक्षभित्रै मतभेद सुरु भएपनि सरकार र गठवन्धनमा कुनै दरार नआएको नेताहरुको दाबी छ । बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाई छ ।

    बीआरआईबारे एमाले कांग्रेसबीच फरक मत भए पनि प्रधानमन्त्रीको चीन भ्रमण अघि समझदारीमा पुग्ने एमालेले पनि भनिरहेको छ। तर एमाले उपमहासचिव प्रदीप ज्ञवालीले हिजो कांग्रेसलक्षित टिप्पणी गर्दै भन्नुभएको थियो, बीआरआई सम्झौतालाई गिजोल्ने काम नगरौँ ।

    प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई लिएर दुई दलबीच भएको खटपटबारे आजै गृहमन्त्री रमेश लेखकले पनि सामान्य छलफलको विषयलाई लिएर बेकामको हल्ला चलाइएको बताउनुहुन्छ । एमाले र कांग्रेसबिच कुनै पनि विषयमा कुनै पनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भएपनि मिलेर सरकार चलाइरहेका छौ, २०८४ को निर्वाचनसम्म सहज मिलेर जान्छौँ ।गृहमन्त्री लेखकको भनाई छ ।

    कांग्रेसका अर्का नेता रमेश रिजालले बीआरआईको कारणले वर्तमान सरकारमा दरार नआउने बताउनुहुन्छ । पूर्वमन्त्री रिजालले मतभेद भए पनि सहमतिमा पुग्ने विश्वास दिलाउनुभएको छ। उहाँले बीआरआईका कारण गठबन्धन ढल्छ, दरार आउँछ भन्ने कुराको पछि नलाग्न सबैमा आग्रह पनि गर्नुभएको छ ।

    बीआरआईका विषयमा आ–आफ्नो विचार धारणा राख्न सबैले पाउने भएकाले मतभेद उत्कर्षमा पुग्ने अवस्था नआउने नेताहरुले बताईरहेका छन् ।प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको सफलताको कामना गर्दै भ्रमणलाई नेपालको अधिकतम हितमा उपयोग गर्न विज्ञहरुले पनि सुझाव दिईरहेका छन् ।

    प्रधानमन्त्री केपी ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणका लागि बेइजिङ जाँदै हुनुहुन्छ । सोही बेला प्रधानमन्त्री ओली बहुप्रतिक्षित बीआरआई परियोजनाको कार्यान्वयनमा हस्ताक्षर गर्ने तयारीमा हुनुहुन्छ । तर, सत्ता सहयात्री दल नेपाली कांग्रेसले भने ऋणमा कुनै पनि परियोजना स्वीकार्न नसकिने अडान लिईरहेको छ ।यसै बिषयमा कांग्रेस र एमालेका शिर्ष नेताहरु सहितको छलफल निरन्तर जारी छ ।


    बिहिवार, मंसिर ६ २०८१०८:०६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij