काठमाडौं। मन्त्रिपरिषद्को बैठक अहिले जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अगाडीदेखी मन्त्रिपरिषद्को बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्छ । आजको बैठक पनि नियमित बैठक भएपनि केही महत्वपूर्ण निर्णयहरु गर्ने सम्भावना रहेको सचिवालय स्रोतले जनाएको छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चिन भ्रमण लगाएतका विषयमा छलफल जारी रहेको छ ।