Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

उच्चका दुई र जिल्लाका ११ न्यायाधीशको सरुवा (सूचिसहित)

उच्चका दुई र जिल्लाका ११ न्यायाधीशको सरुवा (सूचिसहित)

  • बिहिवार, मंसिर ६ २०८१

  • 680
    SHARES

  • उच्चका दुई र जिल्लाका ११ न्यायाधीशको सरुवा (सूचिसहित)
    काठमाडौं । न्याय परिषद् बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ । आज बसेको परिषद् बैठकले उच्च अदालतका दुई न्यायाधीशको काज सरुवा र  ११ वटा जिल्ला न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।
     
    जसअनुसार उच्च अदालत जनकपुरका न्यायाधीश किरण कुमार पोखरेललाई उच्च अदालत विराटनगर,इलाम इजलासमा काजमा पठाइएको छ । उच्च अदालत तुलसीपुर,बुटवल इजलासका न्यायाधीश रेखा थापा पाण्डेलाई उच्च अदालत  विराटनगर,इलाम इजलासमा सिफारिस गरेको छ ।
     
    उच्च अदालत सुर्खेत,जुम्ला इजलासका न्यायाधीश राजेन्द्र  खरेललाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा खटाउन सिफारिस गर्ने निर्णय गरेको छ । यसैगरी परिषद् बैठकले सोलुखुम्बु जिल्ला अदालतका न्यायाधीश शंकर बहादुर राईलाई कास्की जिल्ला अदालतमा सिफारिस गरेको छ ।
     
    जुम्ला जिल्ला अदालतका न्यायाधीश राजेश कुमार कटुवाललाई तनहुँ जिल्ला अदालत,काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेलाई जाजरकोट जिल्ला अदालत,सुनसरी जिल्ला अदालतका न्यायाधीश डिल्लीराज शर्मा अर्याललाई रुपन्देही जिल्ला अदालतमा सिफारिस गरिएको हो ।
     
    दाङ जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवलाई धनुषा जिल्ला अदालत,धनुषा जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीलाई दाङ जिल्ला अदालत,मुगु जिल्ला अदालतका न्यायाधीश रामानन्दप्रसाद अधिकारीलाई नवलपरासी जिल्ला अदालतमा सिफारिस गर्ने निर्णय भएको छ ।
     
    यसैगरी तनहुँ जिल्ला अदालतका न्यायाधीश चन्द्रकुमार पोखरेललाई सोलुखुम्बु जिल्ला अदालत,सिराहा जिल्ला अदालतका न्यायाधीश आनन्दराज पन्तलाई जुम्ला जिल्ला अदालत (कालिकोट जिल्ला अदालतमा समेत कामकाज गर्नेगरी), रुपन्देही जिल्ला अदालतका न्यायाधीश नीलकण्ठ बराललाई सुर्खेत जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतका न्यायाधीश मीनबहादुर कुँवरलाई मुगु जिल्ला अदालतमा सरुवा  गरिएको हो ।
     
    सरुवा भएकामध्ये न्यायाधीश अर्याल हाल रुपन्देही जिल्ला अदालत,न्यायाधीश अधिकारी सिन्धुली जिल्ला अदालत,न्यायाधीश आनन्दराज पन्त कालिकोट जिल्ला अदालत,न्यायाधीश बराल सुर्खेत जिल्ला अदालत र न्यायाधीश कुँवर जिल्ला अदालत मुगुमा काजमा थिए ।
     
    यसैगरी न्याय परिषद् बैठकले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ३० बमोजिम काठमाडौं, भक्तपुर,ललितपुर र काभ्रेपलाञ्चोक जिल्ला अदालतको बाल इजलासबाट हेरिने मुद्दाको प्रादेशिक क्षेत्राधिकार तथा भक्तपुर जिल्लामा मुकायम रहने गरी बाल अदालत भक्तपुर गठन गर्न सिफारिस गरेको छ ।
    1_kGBJ7zMihS.jpg2_qc394ASe9N.jpg
     


    बिहिवार, मंसिर ६ २०८१०२:०८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij