काठमाडौं ।गृहमन्त्री रमेश लेखकले बीआरआईका बिषयमा नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा कुनै असमझदारी नरहेको बताउनु भएको छ ।
सुदूरपश्चिम स्तरीय सुरक्षा गोष्ठीका लागि सोमबारदेखि धनगढीमा रहनुभएका गृहमन्त्री लेखकले आज बिहान पत्रकार सम्मेलनमा बोल्दै उहाँले राजनीतिमा आफुहरु प्रतिस्पर्धी मात्रै रहेको बताउनु भएको हो ।
‘कांग्रेस र एमालेका बीचमा कुनै असमझदारी छैन। कांग्रेस र एमाले मिलेर सरकार बनाएको हो। त्यसमा अरु राजनीतिक दलहरुको पनि सहभागिता छ। हाम्रोबीचमा कुनै असमझदारी छैन।’ उहाँले भन्नुभयो, ‘राजनीतिमा हामी प्रतिस्पर्धी हौं, तपाइदेखि रहनुभएको छ, उपनिर्वाचनमा हामी प्रतिस्पर्धा गरिरहेका छौं। यसले झन हाम्रोबीचको सम्बन्ध बलियो भइरहेको छ।’
प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई लिएर दुई दल बिच खटपट भएको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलको विषयलाई लिएर बेकामको हल्ला चलाइएको बताउनुभयो।
’एमाले र कांग्रेसबिच कुनै पनि विषयमा कुनै पनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भएपनि मिलेर सरकार चलाइरहेका छौ, २०८४ को निर्वाचनसम्म सहज मिलेर जान्छौँ ।’गृहमन्त्री लेखकको भनाई छ ।
नयाँ प्रधानमन्त्री नियुक्त लगत्तै विदेश भ्रमणमा जानू परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जान्छ भन्ने विषय सामान्य रहेको उल्लेख गर्नुभयो ।