काठमाडौं। निर्वाचन आयोगले आउँदो मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ। आयोगले निर्वाचन कार्यतालिका अनुसार आज साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।
आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका लागि उम्मेदवारी दिएका ४१० जनामध्ये ३ जना निर्विरोध निर्वाचित भएको र ३१ जनाले उम्मेदवारी फिर्ता लिएपछि ३७६ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।
यी हुन् उम्मेदवारहरु,,

