काठमाडौं। स्थानीय तह उपनिर्वाचनअन्तरगत रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ मा माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित हुनु भएको छ।
कांग्रेस–एमालेको तर्फबाट उम्मेदवारी दिनु भएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वाचित हुनु भएको हो।
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष र २ नम्बर वडाको वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो।