काठमाडौं। नेपाली काङ्ग्रेसका सांसद राजेन्द्र बजगाईंले आफ्नै पार्टीका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिएको सार्वजनिक गर्नुभएको छ ।
बजगाईंले पाण्डे लक्षित आफूले दिएको अभिव्यक्तिले चोट पुगेको भन्दै सामाजिक सञ्जाल एक्समार्फत माफी माग्दै अभिव्यक्ति फिर्ता लिएको बताउनुभएको हो ।
सांसद बजगाईंले मन्त्री पाण्डेमाथि भैरहवाको एक क्यासिनो सञ्चालन गर्ने क्रममा आर्थिक लेनदेन गरेको आरोप लगाउनुभएको थियो ।