Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् बैठक स्थगित

मन्त्रिपरिषद् बैठक स्थगित

  • मंगलवार, मंसिर ४ २०८१

  • 665
    SHARES

  • मन्त्रिपरिषद् बैठक स्थगित

    काठमाडौं। आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। आज साँझ ६ बजेका लागि बोलाइएको बैठक स्थगितको कारण भने खुलाइएको छैन।

    यद्यपि मन्त्रिपरिषद् बैठक स्थगित गरेर अहिले बालुवाटारमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबिच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

    कांग्रेस–एमालेका शीर्ष नेताहरूबिच उपनिर्वाचन, प्रधानमन्त्रीको चीन भ्रमण लगायत विषयमा छलफल भएको हुनसक्ने बुझिएको छ ।

    अहिले जारी बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकारलगायत सहभागी छन्।

     


    मंगलवार, मंसिर ४ २०८१०५:२८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij